तपाईँ सँग कर्णालीको नक्सा छ?
( यो कबिता गुरुकुलमा प्रदशीत नाटक कर्णालीका सपना बाट शाभार गरिएको हो। यो कबिता ठेट पश्चिमाली भाषाबाट सरल नेपाली भाषामा अनुबाद गरिएको छ।) रचनाकार:- दिनेश अधिकारी देश एकै हो भन्छ्यौ, झन्डा एकै हो भन्छ्यौ, कानुन एकै हो भन्छ्यौ, सरकार पनि एकै हो भन्छ्यौ, तर हामी के लाई आकाश पाताल जस्ता फरक छौँ? तपाईँको जिउ हो कि लुगाबाट यि कस्तो राम्रो बास आईरहेको छ, र तपाईँकै बोलिले भन्दा मेरो जिउ लुगा साथ पर पर गन्हाईरहेको छ, म मुगुबासी पुन्न बहादुर विश्वकर्मा !! तपाईँ राजधानी बस्नेहरुसँग सोधिरहेको छु, हामी दुवै बिचको बराबरी तपाईँकहाँ देख्नु हुन्छ? तपाईँ हवाईजहाज चढेर रारा ताल हेर्न आउनु हुन्छ र यहिँको सुन्दरताको कुरा गर्नमा घण्टौँ घण्टाँ खर्च गर्नुहुन्छ, म छुँ, यहिँ जन्मेर मर्ने उमेर भएको, फेरी पनि राराले मेरो मन किन तान्न नससेको होला?, कतै तपाईँको पेट सधैँ भरिएको र मेरो पेट सधैँ भोको रहेकाले यस्तो भएको त हैन! तपाईँ सरकार को ढुकुटि चलाउनेहरु सँग सोधिरहेको छु हजुर, हामी बिचको बराबरि तपाईँ के गरी जोख्नुहुन्छ? सँविधानको कोई धाराले बराबरीको कुरा गर्नु, अर्कै कुरा भयो, त्यो भोग्यपनि हुनुपर्छ भन्ने हो भने...