अब लेख्न थाल्ने
हो! फेसबुकले मलाई हौस्यायो। त्यहाँ लेखेका Status हरुलाई तपाईँहरुले मनपराईदिएपछि अब चाँहि साँच्चै केहि लेख्ने बिचार गरेँ। म अब निरन्तर लेख्ने छु। कुनै छोटा कबिता होलान्, कुनै लामा निबन्ध तर अवश्य लेख्नेछु। त्यसकारँण अब मलाई सहयोग गरिदिनु पर्ने भयो तपाईँहरुले। पढिदिनुस, राम्रो लागे राम्रो लेख्दिनु, नराम्रो लागे, नराम्रो। लौ त अहिले लाई सुरुवात गर्न यतिबाटै थालेँ है त! भेट्दै गरौँला, नमस्कार!